Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने


नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ ।

क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए ।