शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि बिक्री खुला

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि बिक्री खुला

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि बिक्री खुला

    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गर्न लागेको हो ।

    कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    कम्पनीले यसअघि नै कर्मचारी, स्थानिय र विदेशमा रहेका नेपालीहरुका लागि शेयर सुरक्षित गरिसकेको छ । यस आईपीओमा छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ गते सम्म न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट