Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

खोड्पे बझाङ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध

बैतडीको जयपृथ्बी राजमार्ग खोड्पे बझाङ सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ ।

बुधबार बिहान बैतडीको सिगास गाउँपालिका- ९ रमिलापुर स्थित जयपृथ्बी राजमार्ग अन्तर्गत खोड्पे बझाङ सडक खण्डमा बर्षादका कारण सडक माथिबाट पहिरो आइ पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जनाएको छ ।