शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एएफसी यू-२० महिला एसियन कप छनौट आजदेखि, नेपालले भुटानको सामना गर्दै

एएफसी यू-२० महिला एसियन कप छनौट आजदेखि, नेपालले भुटानको सामना गर्दै

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • एएफसी यू-२० महिला एसियन कप छनौट आजदेखि, नेपालले भुटानको सामना गर्दै

    एएफसी यू-२० महिला एसियन कप छनौट आजदेखि शुरु हुदै छ ।

    भुटानमा हुने यस खेलमा आज नेपालले आयोजक भुटानको सामना गर्ने छ । यो खेल आज नेपाली समय अनुसार ५: ४५ बजेदेखि शुरु हुने छ । खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानल www.youtube.com/@bhutanfootball बाट हुने छ ।

    आजै नेपालकै समुह ए अन्तर्गत उत्तर कोरिया र साउदी अरेबियाबीच पनि खेल हुने तालिका रहेको छ । यो खेल दिउसो १: ४५ बजेदेखि शुरु हुने छ । 

    प्रतियोगिताको समूह 'ए' मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता भुटानमा अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ । नेपालले पहिलो खेल भुटानसँग अगस्त ६ मा खेल्ने छ भने दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

    आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । १२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम भुटान पठाएको छ ।

    नेपाली टिम:

    गोलकिपर: लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।

    डिफेन्डर: सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

    मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।

    फरवार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार