Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्न प्रयास गरिरहेका छौं: अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठित रूपमा प्रयास गरिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोदेह्का प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पौडेलले ग्रेलिस्टबाट बाहिरीनका लागि विद्यमान दर्जनौं कानूनलाई संशोधन गरिएको बताउदै अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका सुझावहरुलाई कार्यान्वयन गरेको जानकारी दिएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको सरकारले मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउन के गर्दै छ भन्ने प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले सम्पती शुद्धिकरण तथा व्यवसायी वातावरण प्रवर्द्धनसँग सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको कानूनले विभिन्न १९ ओटा विद्यमान ऐनहरूलाई संशोधन गरेको बताए । 

उनले ग्रेलिस्टबाट मुलुकलाई छिटो बाहिर ल्याउनकै लागि सम्पती शुद्धिकरणसम्बन्धि नियमावली जारी गरी कार्यान्वयनमा आएको बताए ।

अर्थमन्त्री पौडेलले मुलुकलाई ग्रेलिस्टबाट बाहिर ल्याउनकै लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बधमा घरजग्गा सूचक संस्थालाई जारी गरिएको निर्देशन कार्यान्वयनमा ल्याइएको बताउदै समयअघावै ग्रलिस्टबाट बाहिर आउने विश्वास व्यक्त गरे ।