शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने

नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने

    नाडा अटो शो २०२५ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

    Karan  Chaudhari .jpg

    शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री‍‍ विष्णु प्रसाद पौडेलले गर्ने एशोसिएशनले जनाएको छ । नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब रहेको आयोजकको भनाइ रहेको छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको नाडा अटो शो ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको भनाई छ ।

    Dip  Prakash  Pandey .jpg

    नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गर्ने जनाएको छ ।  स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक जस्ता प्रविधिहरु प्रस्तुत गर्ने बताएको छ ।

    Rajan Babu  Shrestha  .jpg

    कुन कुन ब्राण्ड आउँदैछन ?
    स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे युनिटरि रोबोट्स, दिपल इभोटल युएभि सहित १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाउँदै छन् ।

    Photo (8).jpg

    शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजकले जनाएको छ ।

    Photo (15).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट