शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हल्लाका भरमा एकता सम्भव छैन, विप्लवकै नेतृत्वमा अगाडी बढ्छौं- नेकपा

हल्लाका भरमा एकता सम्भव छैन, विप्लवकै नेतृत्वमा अगाडी बढ्छौं- नेकपा

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • हल्लाका भरमा एकता सम्भव छैन, विप्लवकै नेतृत्वमा अगाडी बढ्छौं- नेकपा

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता गर्ने भन्दै माओवादीले हावामा तिर हानेको निष्कर्ष निकालेको छ ।

    नेकपाको अनौपचारिक स्थायी कमिटीको बैठकले सो निर्णय निकालेको हो । बैठकले विप्लवकै नेतृत्वमा अघि बढ्ने समेत निष्कर्ष निकालेको नेताहरूले जनाएका छन् । साथै नेकपाले बाहिर आएको जस्तो हल्लाका भरमा एकता सम्भव नभएको बताएको छ ।

    यसअघि सोमबार सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकताको निर्णय गरेको थियो । तर विप्लव नेतृत्वको नेकपाले त्यसलाई अस्वीकार गर्दै औपचारिक निर्णय नभएको जनाएको छ । नेकपाले आगामी दिनमा पार्टीले स्पष्ट कार्यक्रम र आफ्नै सशक्त नेतृत्वमार्फत नयाँ केन्द्र निर्माण गर्दै अघि बढ्ने बताएको छ । बैठकपछि भनिएको छ- 'जसले उत्पादन केन्द्रित नेकपाको नयाँ कार्यक्रम र विप्लव सी को नयाँ स्वच्छ नेतृत्वमा देशलाई निकास दिन जोड दियो र यसको लागि नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निमार्णको आवश्यकता औल्यायो ।'

    त्यस्तै बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गरेको छ । जसअनुसार भदौ १४ गते स्थायी कमिटी, १७ गते पोलिटब्युरो र २२ गते केन्द्रीय समितीको बैठक बस्ने निरन्य गरेको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट