शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने?

कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने?

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने?

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ   । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए  ।  कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी थिए भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १३३ जना सहभागी थिए । त्यस्तै जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी भएका थिए ।  

    बोर्डले केहि बेरमा नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने जानकारी दिएको छ ।

    नतिजा कसरी हेर्ने ?

    राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।

    यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट