Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पार्टीबाट बर्खास्तीपछि रञ्जिताको कविता: एक दिन त्यो नाटकको पर्दा च्यातिन्छ...

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को साधरण सदस्य समेत नरहने गरी पार्टी अध्यक्षबाट बर्खास्तीमा परेकी रञ्जिता श्रेष्ठ (चौधरी) ले कविताको माध्यमबाट आफ्नो विचार व्यक्त गरेकी छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट बर्खास्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाइसकेको छ । तर, रञ्जिताले पार्टीको आधिकारिक अध्यक्ष आफू नै रहेको दाबी गरिरहेकी छन् ।

यसैबीच रञ्जिताले एक कविता लेखेर फेसबुुकमा पोस्ट गरेकी छन् । ‘नजिर’ शीर्षकको उक्त कवितामा गलत नजिर बनाइएको, सत्यलाई लुकाउन नसकिने, कुनै न कुनै दिन झुटहरूको पर्दाफास हुनेलगायतका कुराहरू राखिएका छन्।

‘...एक दिन त्यो नाटकको पर्दा च्यातिन्छ र सञ्चित पापको भारीले नै आफै झुकेको पाइन्छ,’ कवितामा उनले लेखेकी छन् । अघिल्लो संसदीय निर्वाचनभन्दा केही अगाडि मात्रै गठन भएको नाउपा अहिले राष्ट्रिय पार्टी हो।

तर, रञ्जिता र उनका श्रीमान तथा पार्टी संरक्षक रेशम चौधरीबीच द्वन्द्व बढ्दा पार्टी फुटको स्थितिसम्म आइपुगेको हो । पछिल्लो समय रञ्जिता विभिन्न विवादमा मुछिकएकी छन् । सबै भन्दा पछिल्लो पटक पोखराको ‘लिची बारी घुस काण्ड’ मा उनको पनि नाम मुछिएको छ । यस विषयमा नाउपाले पार्टीमा स्पष्ट कुरा राख्न आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेकी छन् ।

हेर्नुहोस् यो भिडियो पनि: