भारतले इङल्याण्डविरुद्धको पाँचौ टेस्ट जितेको छ ।
३७४ रनको लक्ष्य पछाएको इङल्याण्डले टेस्टको पाचौं दिन ३६७ रनमा अल आउट भएपछि भारतले पाँचौं टेस्ट ६ रनले जितेको हो । भारतलाई जिताउन मोहमद सिराजले सर्बाधिक ५ विकेट लिए भने प्रसिद्ध कृष्णले ४ विकेट लिएका थिए । इङल्याण्डका ह्यारी ब्रुक र जो रुटले शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् ।
यो जितपछि ५ खेलको सिरिज २-२ ले बराबरी भएको छ । सिरिजको पहिलो टेस्ट इङल्याण्डले जितेको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट इङल्याण्डले जितेको थियो भने चौथो टेस्ट ड्र भएको थियो ।
प्रतिक्रिया दिनुहोस्