शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दावी पेश

बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दावी पेश

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दावी पेश

    बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

    सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।

    यसअघि हिजो बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेअनुसार बानियाँको नेतृत्वमा सरकार गठनका लागि दावी पेश गरिएको हो।

    कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गर्दै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गरिएको छ । दाबी पत्रमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गरेका छन् ।

    d(6).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार