शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी: के भन्न खोजेको ? प्रतिवादमा उत्रिन नपरोस्

रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी: के भन्न खोजेको ? प्रतिवादमा उत्रिन नपरोस्

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी: के भन्न खोजेको ? प्रतिवादमा उत्रिन नपरोस्

    सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले आफ्नो कुरा राखेर बैठक बहिष्कार गरेर हिँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई पार्टीले उठाएको विषयमा सरकार र संसदको ध्यानाकर्षण भइसकेको बताएका छन् ।

    उनले भने, ‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने सांसद यहाँ को छ ? के भन्न खोजेको ? ‘गोयबल्स शैली’ मा झूटो कुरा प्रचार गरेर आज जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने काम बन्द हुनुपर्छ ।’

    उनले रास्वपा र राप्रपाको गतिविधिले संसद्को गरिमालाई कमजोर पारेको बताएका छन् । उनले दुई पार्टीको शैलीमा आपत्ति जनाउँदै गालीगलौजको प्रतिवादमा उत्रिने समेत चेतावनी दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार