Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मुख्यमन्त्री लामाले बुझाए राजीनामा

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम २०८२ साल साउन १८ गतेदेखि लागू हुने गरी मुख्यमन्त्री लामाको राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीको प्रमुख स्वकीय छत्र लामाले प्रदेश प्रमुखको प्रमुख स्वकीय बलराम गैरेलाई उक्त राजीनामा पत्र बुझाएका प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटौंडा आइसकेका छन् । हिजोमात्रै मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरिसकेका छन् ।