Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विदेशिएकाहरु क्षमता विकास गरेर फर्किनुहोला: परराष्ट्रमन्त्री आरजु राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशिएका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्किन आग्रह गरेकी छिन् ।  विदेश जान चाहने विद्यार्थीलाई रोक्न नसकिएपनि क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् ।

महाराजगंज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले ६२८ उत्तिर्ण भएका नर्सहरुमध्ये ५०५ विदेश गएको भन्दै उनले क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् ।महाराजगंज नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्म प्राप्त गर्न नसकेको सुन्दा अचम्म लागेको पनि उनले बताइन् ।

‘अझैपनि यो क्याम्पसले क्युएए प्राप्त नगरेको भन्ने सुन्दा अचम्म लागेको छ । यस विषयमा आज क्याविनेटमा राख्नेछु । यो क्याम्पसले आजसम्म कुनैपनि क्वालिटी नपुगेको भन्ने मलाई लाग्दैन । कुनैपनि आफ्नो पर्सनल रिसिभी, राजनीतिक प्रतिशोधको कारण यत्रो क्याम्पसले क्युएए नपाउनु राम्रो कुरा होइन । कि त कारण भन्न सक्नुपर्यो कि त कारण दिनसक्नु पर्यो ।’

Photo (5).jpg

यसैगरी मन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशोधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । मन्त्री डा राणाले भनिन्, ‘नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।’

उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

नेपाली नर्सहरु विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, ‘यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरुको सख्त खाँचो छ ।’