Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

राष्ट्र्पति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरि तोकेका छन् । 

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली भ्रमण पुरा गरेर अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

pm1754267062.jpg