शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली  तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    PM_21754267059.jpg

    प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सह-अध्यक्षता र अन्य कार्यक्रमहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    यसका साथै, प्रधानमन्त्रीले सम्मेलनको क्रममा विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू र संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका अन्य उच्चस्तरीय प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गर्ने तालिका रहेको छ ।

    भ्रमणको क्रममा प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसदका सदस्य सूर्यबहादुर थापा क्षेत्री र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहको जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री ओली भ्रमण पुरा गरेर अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट