नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले दिपलको नयाँ गाडी सार्वजनिक गरेको छ। दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ सार्वजनिक गरेको हो।
कार्यक्रमबीच एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यानका महासचिव पारस खड्काले संयुक्त रूपमा नयाँ भेरियन्टको गाडीको अनावरण गरे। कम्पनीले सार्वजनिक गरेको नयाँ एसयूभीको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एडभान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँ उचाइमा पुर्याएको छ। ‘अपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ। यो नयाँ इभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्वदिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ।’
नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट
नयाँ दिपल ग्राहकलाई कारसँग विनारोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ। यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ। कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ। साथै यसमा ४जी, ५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ।
लक्जरी र प्रविधिको नयाँ उचाइ
दिपल एस०७आईसीएमा आफ्नो ट्रेन्ड सेटिङ सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ। यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभी मान भएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ।
यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२।५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५।६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १।९ स्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ।
‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर
लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ। यो स्किममा ग्राहकले दिपल इभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्दैन। दिपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनेछन्। यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभी दिपल एस०७ सहजैसँग खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेशन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ।