Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्ने बताएका छन् । 

आज (आइतबार) स्थायी कमिटी बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीले आत्मालोचना गर्नु हुन्छ भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् ।

‘बैठक चलिरहेको छ । जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ’, उनले भने । बैठकको सुरुको दिन एजेण्डा प्रस्तुत गर्ने क्रममा प्रचण्डले उपमहासचिव जनार्दन शर्माले आन्तरिक विषय बाहिर लगेकोमा आत्मालोचना गर्न सचेत गराएका थिए । 

अध्यक्षको जवाफ फर्काउँदै शर्माले आजको बैठकमा प्रचण्डले आत्मालोचना गरे आफूले पनि गर्न तयार भएको बताएका थिए ।