शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बागमतीमा मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमतीमा मुख्यमन्त्री लामाले दिए राजीनामा

इमान्दारिताको लडाइँमा पराजित भएँ

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • बागमतीमा मुख्यमन्त्री लामाले दिए राजीनामा

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (आइतबार) पदबाट राजीनामा दिएका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका लामा त्यस लगत्तै काठमाडौं प्रस्थान गरेका छन् ।

    लामाले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्दै इमान्दारिताको लडाइँमा पराजित भएको बताएका छन् । लामाले आफू इमान्दारिताको लडाइँमा पराजित भएको तर त्यसमा आत्मग्लानी नभएको बताएका हुन् ।

    ‘मैले बदमासी गरिनँ, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन,’ लामाले पत्रकार सम्मेलनमा भने, ‘के यो नै मेरो कमजोरी हो र? इमान्दारिताको लडाइँमा पराजित हुँदा मलाई आत्मग्लानी छैन, बरु सन्तोषको अनुभूति भएको छ ।’

    मुख्यमन्त्री लामाले प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाउने जिम्मा दिएका छन् । उनका अनुसार प्रदेश प्रमुख दीपक देवकोटा स्वास्थ्य उपचारका कारण अस्पतालमा भएकाले राजीनामा भोलिमात्र बुझाइनेछ ।

    ‘मैले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको छु र सार्वजनिक घोषणा पनि गरिसकेको छु,’ मुख्यमन्त्री लामाले भने, ‘प्रदेश प्रमुख ज्यू उपचारमा हुनु भएकाले सोमबार मात्र बुझाउने काम हुन्छ । उहाँ आउनुभए भेटेर दिने, नभए कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन दिएको छु ।’

    प्रदेश प्रमुख देवकोटा आइतबार मात्रै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ९ साउन २०८१ मा मुख्यमन्त्री बनेका लामाले करिब एक वर्ष सरकारको नेतृत्व गरे । नेपाली कांग्रेस बागमती संसदीय दलको हालै सम्पन्न निर्वाचनमा इन्द्र बहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन् ।

    संवैधानिक व्यवस्था पल्टाउँदै लामाले राजीनामा नदिने अटेर भने नगरेका होइनन् । तर कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामा दिन तयार भएका हुन् । लामाले राजीनामा दिएसँगै बागमतीमा अब नयाँ नेतृत्वको सरकार गठन हुनेछ ।

    कांग्रेस संसदीय दलका नव निर्वाचित नेता बानियाँलाई मुख्यमन्त्री बनाउन प्रक्रिया अघि बढ्नेछ । उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुनेछन् । नेकपा एमाले र नेपाली कांग्रेस बीच २०-२० महिना बागमती प्रदेशको मुख्यमन्त्री बन्ने सहमतिअनुसार बहादुरसिंह लामाले १२ महिना प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् ।

    अब नियुक्त हुने बानियाँले ८ महिना बागमती प्रदेशको मुख्यमन्त्री पद सम्हाल्ने छन् । सो पश्चात् नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति छ । केन्द्रमा प्रधानमन्त्री परिवर्तन हुँदा बागमती प्रदेश सरकारमा एमालेले मुख्यमन्त्री पद लिनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार