Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

‘नो भोट’ समाज भड्काउने कुरा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नो भोट’ समाज भड्काउने विषय मात्र भएको बताएका छन् ।

सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमत’ नेपालको निर्वाचन इतिहाससम्बन्धी पुस्तकको आइतबार विमोचन गर्दै ओलीले घर नै बस्दा नो भोट हुने भन्दै समाज भड्काउने कुरा कानूनमा राख्न आवश्यक नभएको बताएका हुन् ।

‘नो भोट भन्ने पनि छन् । भोट नहाले भैगो नि । घर बसेपछि नो भोट भइहाल्छ नि,’ ओलीले भने, ‘नोट भोट समाज भड्काउने कुरा हो । यो कुरा संविधान र कानूनमा लेख्नु पर्दैन । कागजको खर्च मात्रै हो।’ भोट नदिएपछि कति मतदाता नो भोटमा पुगे भनेर कानूनले व्याख्या गर्न नपर्ने उनको भनाइ छ ।