Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिनमै सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

बजारमा सुनको मूल्य एकै दिन ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ३ हजार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ ।

आज प्रतितोला चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको । चाँदी गत शुक्रबार २ हजार २३५रुपैयाँमा खरिदबिक्री भएको थियो ।