शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

माओवादीहरुलाई एक हुन नदिन ज्यान छोडेर लागेका छन्: प्रचण्ड

माओवादीहरुलाई एक हुन नदिन ज्यान छोडेर लागेका छन्: प्रचण्ड

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • माओवादीहरुलाई एक हुन नदिन ज्यान छोडेर लागेका छन्: प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धका शहीदहरुको बलिदान र पीडाहरुलाई साँची राखेर एकता प्रयास जारी रहेको बताएका हुन् ।

    ‘यी शहीदहरु, बलिदानहरु, यातनाहरु, पीडाहरुलाई अगाडि राखेर फेरि सबै माओवादी धाराहरु र सबै सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने हामीले प्रयास गरेका छौं र यो प्रयास हामी जारी राख्छौं ।’

    माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ । ‘तर, एकता हुन नदिनका निम्ति प्रतिक्रियावादीहरु पनि ज्यान फालेर लागेका छन्’, उनले भने, ‘कसले जित्छ यो ब्याटल ? अन्तिममा यो मुठभेडमा क्रान्तिकारी र जनताले जित्ने हो कि प्रतिक्रियावादी र अवसरवादीले भन्ने कुराको फैसला अहिले नै भइसकेको छैन।’

    प्रचण्डले एकताबद्ध हुन नसके, आफूलाई हिजोका सपना र शहीदका सपनाहरुसँग जोड्न नसके प्रतिक्रियावादीहरुले हालसम्म प्राप्त उपलब्धि पनि उल्ट्याइदिने बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार