शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लगातारको ६ हारपछि टी-२० खेलमा वेस्ट इन्डिजको जित

लगातारको ६ हारपछि टी-२० खेलमा वेस्ट इन्डिजको जित

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • लगातारको ६ हारपछि टी-२० खेलमा वेस्ट इन्डिजको जित

    वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ । 

    आइतबार बिहान सम्पन्न खेलमा पाकिस्तानले दिएको १३४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै अन्तिम बलमा जित हासिल गरेको हो । वेस्ट इन्डिजले यस अघि अस्ट्रेलिया विरुद्धको ५ खेलको सिरिजका सबै खेल हारेको थियो भने यस सिरिजको पहिलो खेल पनि हारेको थियो । टी-२० क्रिकेटमा लगातारको ६ हारपछि वेस्ट इन्डिजले जित हासिल गरेको छ ।

    यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।

    वेस्ट इन्डिजको यो जितपछि तीन खेलको सिरिज १-१ भएको छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार