Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लगातारको ६ हारपछि टी-२० खेलमा वेस्ट इन्डिजको जित

वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ । 

आइतबार बिहान सम्पन्न खेलमा पाकिस्तानले दिएको १३४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै अन्तिम बलमा जित हासिल गरेको हो । वेस्ट इन्डिजले यस अघि अस्ट्रेलिया विरुद्धको ५ खेलको सिरिजका सबै खेल हारेको थियो भने यस सिरिजको पहिलो खेल पनि हारेको थियो । टी-२० क्रिकेटमा लगातारको ६ हारपछि वेस्ट इन्डिजले जित हासिल गरेको छ ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।

वेस्ट इन्डिजको यो जितपछि तीन खेलको सिरिज १-१ भएको छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।