शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

माओवादी फुट्दैन, बोलेको भरमा कसैलाई कारबाही पनि गर्दैनः वर्षमान पुन

माओवादी फुट्दैन, बोलेको भरमा कसैलाई कारबाही पनि गर्दैनः वर्षमान पुन

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • माओवादी फुट्दैन, बोलेको भरमा कसैलाई कारबाही पनि गर्दैनः वर्षमान पुन

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादी मोर्चामा आबद्ध भएकाहरूसँग एकता वार्ता भइरहेको बताएका छन् ।

    जारी स्थायी कमिटी बैठकस्थल पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विचार मिल्नेहरूसँग एकता गर्ने पार्टीको एजेण्डा नै भएको जानकारी दिए ।

    उनले भने, ‘हामीले एकीकृत समाजवादी, नेकपा विप्लवसँग पनि कुराकानी गरिरहेका छौं । यसलाई हामीले नियमित काम गरिरहेका छौं । हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौं । असमझदारीलाई छलफलबाट टुंग्याउँछौं ।’

    उनले माओवादी कुनै हालतमा नफुट्ने दाबी गरेका छन् । प्रचण्ड र जनार्दन शर्माबीच चलेको अन्तर संघर्षबारे उनले भने, ‘आएको विषयहरू पार्टीभित्र छलफल गर्छौ, मिडिया र अरू मान्छेले हल्ला गरेको कुरालाई हामी पूरा हुन दिँदैनौं । पार्टी फुट्दैन ।’

    उनले आफ्नो कुरा राखेको र बोलेको भरमा कसैलाई पार्टीले कारबाही नगर्ने समेत बताएका छन् । पार्टीभित्र भएको गुटलाई अन्त्य गरेर जाने भन्दै आफ्नो गुट नभएको जिकिर गरे । अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने बैठकले निष्कर्ष निकाल्ने उनले दावी गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार