Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

पोखराको मालेपटनमा दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन सम्पन्न

तायामाः मचा नाच समिति, पोखरा–५, मालेपटनमा आयोजित दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन–२०८२ सम्पन्न भएको छ । नेवारी समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न टोल र संस्थाहरूले आ–आफ्नो लखेनाच प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फल्याफकोटे नेवाः खल, मालेपाटन लखेनाच, फेदी नेवाः खल, समाज कल्याण नेवाः खल, नेपाल राष्ट्रिय बड्गाउँ समाज, रुपा देउराली नेवाः खल, नयाँ बजार तायामाः पुँचः, हेम्जा नेवाः खल, राष्ट्र बैंक चोक नेवाः खल, वेदास नगर नेवाः खल, रामघाट नेवाः खल, र अन्य विभिन्न समुदाय र संस्थाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा तायामाः मचाः नाच समिति, रामबजार तायामाः नाच समिति, लुम्पेक युवा समूह, मोहोरिया सिंहनाथ टोल, मना नाच समिति, व्यान्कुट पूर्वचौक, र जर्जिङ म्युजिक सेन्टरबाट सांगीतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए । लाखे नाचको सांस्कृतिक महत्वलाई जगेर्ना गर्न र विभिन्न समुदायबीच आपसी मित्रता र सहयोग अभिवृद्धि गर्न आयोजना गरिएको यो कार्यक्रम स्थानीय बासिन्दाहरू तथा संस्कृतिप्रेमीहरूको उल्लेखनीय सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको हो ।