शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

उपनिर्वाचनदेखि नै विदेशका नेपालीलाई मतदानको व्यवस्था गर्न रास्वपाको माग

उपनिर्वाचनदेखि नै विदेशका नेपालीलाई मतदानको व्यवस्था गर्न रास्वपाको माग

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • उपनिर्वाचनदेखि नै विदेशका नेपालीलाई मतदानको व्यवस्था गर्न रास्वपाको माग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

    निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको हो ।

    छलफलमा पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले आउँदो कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदान गर्ने प्रक्रिया पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरे । 

    उनले भने- 'निर्वाचन हुन अझै तीन महिना बाँकी रहेको र यो अवधि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदान गर्ने व्यवस्थाको टेक्निकल र लिगल सिस्टम स्क्र्याचबाटै बनाएर परीक्षण गर्ने पर्याप्त समय हो। नोट चल्ने तर भोट नचल्ने अवस्था अन्त्य गर्न आयोग साँच्चै नै गम्भीर हो भने यो उपनिर्वाचनबाटै आयोगले त्यस दिशामा आफूले गरेको काम देखाओस्। होइन, तीन महिनाको अवधिमा एउटा निर्वाचन क्षेत्रमा पनि विदेशबाट मतदान गराउने व्यवस्था गर्न आयोगले सक्दैन भने आयोगले स्पष्ट भनोस् हामी ८४ त के ८९ सालको निर्वाचनमा पनि विदेशबाट मतदानको व्यवस्था गर्दैनौँ वा गर्न सक्दैनौँ ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार