शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ: डा.कोइराला

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ: डा.कोइराला

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ: डा.कोइराला

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो ।

    नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।

    नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नं ४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताए  ।

    राजनीतिप्रति युवाहरुको बितृष्णा रहेको भन्दै कोइरालाले यो बितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पारे । कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कांग्रेस नेता रमेशजंग रायमाझीलगायतको सहभागिता थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार