शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रचण्डको ‘ब्रिफिङ’: समाजवादी मोर्चालाई नै पार्टी एकतामा लैजानुपर्छ

प्रचण्डको ‘ब्रिफिङ’: समाजवादी मोर्चालाई नै पार्टी एकतामा लैजानुपर्छ

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • प्रचण्डको ‘ब्रिफिङ’: समाजवादी मोर्चालाई नै पार्टी एकतामा लैजानुपर्छ

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका छन् ।

    अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँगको एकताको छलफल सकारात्मक रहेको बताएका छन् । जारी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे जानकारी गराएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    ‘समाजवादी मोर्चालाई केन्द्रम ात्रै होइन प्रदेश प्रदेशमा कुरा लैजानु पर्छ मोर्चालाई पार्टी एकतामा लैजानु पर्छ सकारात्मक भइरहेको छ’ प्रचण्डलाई उदृत गर्दै सापकोटाले सुनाए । आजको बैठकमा प्रचण्डले सरकार हरेक हिसाबले असफल भइरहेको बताएको सापकोटाले जानकारी दिए ।

    ‘आजको बैठकमा आन्तरिक र बाह्य परिस्थितिबारे अध्यक्षले ब्रिफ गर्नुभयो अन्तर्राष्ट्रिय विषयमा विभिन्न युद्ध भइरहेको छ । अस्थिर भइरहेको छ भन्ने कुरा गर्नुभयो,’ उनले भने, ‘देशभित्रको चाहिँ राष्ट्रिय जीवनको हरेक क्षेत्रमा असफल भइरहेको छ । यो सरकार जसरी रहस्यमय तरिकाले बनेको थियो त्यसै गरी कुरा सुशासनको कुरै छोडौँ आफ्नोलाई जोगाउने अरुलाई छानीछानी प्रतिशोध साँधिरहेको छ । सदनबाट यसलाई भण्डाफोर गर्नुपर्छ । सडकबाट पनि भन्नु भयो ।’

    रणनैतिक हिसाबले समाजवादी आधार तयार गर्नेबारे पनि बैठकमा प्रचण्डले ब्रिफिङ गरेको उनको भनाइ थियो । बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।

    त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान अवस्थाका साथै समसामयिक प्रस्ताव पारित गर्ने नेताहरूले जनाएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गरिने माओवादीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार