स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको पहिलो चरको आईपीओ बाँडफाँड भएको छ ।
शुक्रबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आईपीओ बाँडफाँड सम्पन्न गरेको हो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।
पहिलो चरणको आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले शेयर पाएका छन्।
कम्पनीले पहिलो चरणमा २३ हजार १ सय कित्ता शेयर निष्काशन गरेको थियो। अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।
प्रतिक्रिया दिनुहोस्