शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री आइतबार तुर्कमेनिस्तान जाँदै

प्रधानमन्त्री आइतबार तुर्कमेनिस्तान जाँदै

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • प्रधानमन्त्री आइतबार तुर्कमेनिस्तान जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तान जाने भएका छन् । भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तुर्कमेनिस्तान जान लागेका हुन् ।

    सम्मेलन साउन २० गतेदेखि २५ गतेसम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुँदैछ । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महामहिम एन्टोनियो गुटेरेसको निमन्त्रणमा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्रीले अति कम विकसित देशहरू (एलडीसी) को ग्लोबल कोअर्डिनेसन ब्युरोको अध्यक्षको हैसियतले सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सह–अध्यक्षता गर्नुका साथै अन्य कार्यक्रमहरूलाई पनि सम्बोधन गर्नेछन् ।

    यसबाहेक, प्रधानमन्त्री ओलीले सम्मेलनको साइडलाइनमा विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका उच्चस्तरीय व्यक्तिहरूसँग भेट गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्री र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू जाने परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री ओलीको साउन २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार