Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आजपनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २२३५  रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार चाँदी तोलाको २२७० मा कारोबार भएको थियो ।