शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ‘इन्स्टेन्ट इएमआई’ सुविधा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ‘इन्स्टेन्ट इएमआई’ सुविधा

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ‘इन्स्टेन्ट इएमआई’ सुविधा

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले नेपालमै पहिलोपटक ‘पिओएस मेसिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टेन्ट इएमआई’ सुविधा ल्याएको छ।

    ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै एनआइएमबीले नेपालमै पहिलोपटक ‘एनआइएमबी पिओएस मेसिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टेन्ट इएमआई’ सुविधा सुरु गरेको हो।

    अबदेखि एनआइएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा ‘एनआइएमबी पिओएस मेसिन’मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। यो सुविधा ग्राहकवर्गहरूले ठुलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नुपर्ने झन्झटविना तुरुन्तै उपलब्ध हुन्छ।

    यस सुविधाले विशेष गरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहक वर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट