Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ‘इन्स्टेन्ट इएमआई’ सुविधा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले नेपालमै पहिलोपटक ‘पिओएस मेसिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टेन्ट इएमआई’ सुविधा ल्याएको छ।

ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै एनआइएमबीले नेपालमै पहिलोपटक ‘एनआइएमबी पिओएस मेसिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टेन्ट इएमआई’ सुविधा सुरु गरेको हो।

अबदेखि एनआइएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा ‘एनआइएमबी पिओएस मेसिन’मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। यो सुविधा ग्राहकवर्गहरूले ठुलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नुपर्ने झन्झटविना तुरुन्तै उपलब्ध हुन्छ।

यस सुविधाले विशेष गरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहक वर्गहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ।