Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रेशमलाई थुनाउने बिष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चले गर्‍यो सदर

उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेको छ ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बिहीबार जिल्लाको आदेश सदर गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतले एक लाख धरौटीमा छोड्ने आदेश गरेको थियो ।


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई अनधिकृत पत्र लेखेको पाइएपछि विष्ट पक्राउ परेका थिए । उनकै नक्कली पत्रका आधारमा चौधरी वैशाख १७ गते पक्राउ परेका थिए । तर, पछि पत्र नै अनधिकृत रहेको पुष्टि भएपछि चौधरी सोही दिन रिहा भएका थिए ।

पछि उनीविरुद्ध सरकारी कागजात कीर्तेेको आरोपमा मुद्दा चलेको छ । त्यही मुद्दामा जिल्ला अदालत काठमाडौं उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । ५ जेठमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेश गरेको छ ।जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । विष्ट पनि निवेदन लिएर उच्च पुगेकोमा बिहीबार बेरितको भन्दै जिल्लाको आदेश सदर गरिदिएको हो ।

mahi.jpg