शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई पहिला समर्थन फिर्ता लिएको नाउपाको पनि विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई पहिला समर्थन फिर्ता लिएको नाउपाको पनि विश्वासको मत

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई पहिला समर्थन फिर्ता लिएको नाउपाको पनि विश्वासको मत

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।

    नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पनि पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् ।

    उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । कांग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको समर्थन आवश्यक हुन्छ । आज शाहले २९ सांसदको समर्थन पाएका हुन् ।

    मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गरे पनि दुई तिहाइ बहुमत भने गुमाएका छन् । २० साउन २०८१ मा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका संसदीय दलका नेता शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

    नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसदको शाहलाई समर्थन थियो । मुख्यमन्त्री नियुक्तपछि विश्वासको मत नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले पनि दिएका थिए ।

    नेपाली कांग्रेस, नेकपा एमाले र नाउपा गरेर शाहले दुई तिहाइ बहुमत (३६ सांसद) पाएका थिए । तर एक वर्ष नपुग्दै मुख्यमन्त्री शाहले प्रदेश सभामा दुई तिहाइ बहुमत गुमाए । नाउपा सरकारमा सामेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार