शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

महिला टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोट नेपालमा

महिला टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोट नेपालमा

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • महिला टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोट नेपालमा

    नेपालले आईसीसी महिला टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी १६ तारिखका बीचमा आयोजना हुनेछ ।

    प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । शीर्ष चार टोलीले सन् २०२६ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छन् । यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुने भएको छ ।

    बंगलादेश र आयरल्याण्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण ग्लोबल क्‍वालिफायरका लागि स्वतः छनोट भएका छन् । एशिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ । अफ्रिका र युरोपबाट दुई–दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ ।

    नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ । प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट