शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मुस्ताङको तेताङमा दुर्लभ सानो उल्लु दुई बच्चासहित भेटियो

मुस्ताङको तेताङमा दुर्लभ सानो उल्लु दुई बच्चासहित भेटियो

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • मुस्ताङको तेताङमा दुर्लभ सानो उल्लु दुई बच्चासहित भेटियो

    निरज थकाली । मुस्ताङको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङको नरिन खर्कमा दुर्लभ हिमाली कोचल गाडेँ अर्थात सानो उल्लुको पछिल्लो अभिलेख फेला परेको छ ।  उल्लु दुई बच्चासहित गोठमा देखिएको तेताङ्गका स्थानीय सोनाम छिरिङ्ग गुरुङ्गले बताए । गुरुङ्गले आफ्नो च्याङ्गग्रा गोठ भित्र आएको दुई हिमाली कोचल गाडेँको बच्चाहरुको तस्बिर आफ्नो मोबाइल कैद गरेका थिए । 

    जसले यस प्रजातिको नेपालमा प्रजनन् अवस्थाको सशक्त संकेत गरेको छ । फ्रेन्डस अफ नेचुर नेपालका अध्यक्ष सोम जिसी  र पूर्व राष्ट्रिय प्रकृति संरक्षण कोष ‘एनटीएनसी–एक्याप’ का संरक्षण अधिकृत ऋषि बरालले उक्त अवशेष सानो उल्लुको हुनेसक्ने बताए ।
    यद्यपी, सानो उल्लु पहिले पनि नेपालका केही हिमाली जिल्लाहरूबाट अभिलेखित भइसकेको छ, यस्ता पछिल्ला अभिलेखहरू वैज्ञानिक रूपमा अति महत्वपूर्ण मानिएको छ ।

    विशेषतः प्रजातिको वितरण, आवास, र प्रजनन् सम्बन्धी ज्ञान अद्यावधिक गर्नका लागि नेपालमा उल्लु दुई परिवार अन्तर्गत २३ प्रजातिमा पाइन्छन् । तीमध्ये ‘लिटल उल’ अर्थात सानो उल्लु एक महत्वपूर्ण प्रजातिको मानिन्छ ।  जुन समुद्री सतहबाट २,७१५ मिटरदेखि ४,९५० मिटर उचाइमा पाइन्छ ।

    यस्ता प्रजातिका उल्लुहरु दार्चुला, डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा, र सोलुखुम्बु जिल्लाहरूमा देखिने गरेको विज्ञहरुको भनाइ छ । साथै, यस प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु–बरुण राष्ट्रिय निकुञ्ज, र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज जस्ता संरक्षित क्षेत्रहरूमा पनि पाइन्छ ।

    हालसम्म नेपालमा यसलाई राष्ट्रिय रूपमा ‘कम संकटग्रस्त’ प्रजातिका रूपमा वर्गीकृत गरिएको छ । तर यसको जनसंख्या घट्दो रहेको अनुमान गरिएको छ । विश्वभर यसको परिपक्व जनसंख्या ५० लाखदेखि १ करोडको हाराहारीमा रहेको अनुमान छ । तर नेपालमा यसको जनसंख्या आकलन गरिएको छैन ।

    उल्लुहरू नेपालमा व्यापक सांस्कृतिक एवम मिथक र विश्वाससँग जोडिएका पंक्षी हुन् । तर, यिनको पारिस्थितिकी, वितरण र अवस्थाबारे वैज्ञानिक जानकारी सीमित छ । साथै, मासु, औषधीय प्रयोग र अवैध व्यापार तथा पाल्तु रूपमा राख्नको लागि पक्राउ गरिने र शिकार एक प्रमुख चुनौती बनेको छ।

    विषादी प्रयोग र जनचेतनाको अभाव पनि यिनको संरक्षणमा थप जोखिमका कारण मानिएको छ ।  तेताङको पछिल्लो अभिलेखले नेपालमा संरक्षणको आवश्यकता र यससम्बन्धी थप अनुसन्धान गर्नुपर्ने आवाज उठेको छ ।  तस्बिर: सोनाम छिरिङ्ग गुरुङ्ग

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार