Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हिजो बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुुँदैछ कारोबार?

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । एक सातापछि हिजो प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । गएको चार दिन घटेर दुई दिन स्थिर रहेको सुनको मूल्य हिजो बढेर एक लाख ९४ हजार चार सय रुपैयाँ निर्धारण भएको थियो ।

यसअघि गएको आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँच सय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो । गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर दुई हजार दुई सय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।