नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदै छ ।
बिहीबार (साउन १५) बिहान ११ः३० बजे बालुवाटारमा नेताद्वयबीच भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा देउवासँग छलफल हुने सचिवालयले जनाएको छ ।
सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्