Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रूपन्देही–३ को उम्मेदवारका लागि तीन जनाको नाम पठाउन एमालेको निर्देशन

सत्तारुढ नेकपा एमाले रुपन्देही–३ को उपचुनावको तयारीमा जुटेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएका छन् ।

महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ ।

पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिनभित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ ।

मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एक जनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताए । सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रु निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ ।