शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बागमतीका नव नियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

बागमतीका नव नियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • बागमतीका नव नियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

    बागमती प्रदेशका नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण अनिश्चितकालका लागि रोकिएको छ । आज दिउँसो १ बजेका तय भएका शपथ ग्रहण समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात बिरामी परेपछि रोकिएको हो ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं आएका छन् । अर्को सूचना प्रकाशन नभएसम्मका लागि अहिले शपथ ग्रहण कार्यक्रम स्थगन गरिएको उनले बताए ।

    विज्ञप्तिमा लेखिएको छ, ‘बागमती प्रदेश सरकारका नव नियुक्त माननीय मन्त्री ज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुख ज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएकाले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुख ज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथ ग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’

    मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । उनी संसदीय दलको निर्वाचनमा पराजित भएका थिए । उनलाई दलको नेताका लागि भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले पराजित गरेका थिए ।

    b(31).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट