Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स खेल्न जाने टिमको बिदाई

एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्सको लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा बिदाई गरेको छ। 

कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, केन्द्रीय सदस्य भरत बुढ थापा र अनिल मल्ल लगायतले टिमलाई बिदाई गरेका थिए ।

U20_11753871963.jpg

बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले टिमलाई सफलताको शुभकामना दिएका थिए । 

प्रतियोगिताको समूह 'ए'मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता भुटानमा यही अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ ।  

नेपालले पहिलो खेल भुटानसँग अगस्त ६ मा खेल्ने छ भने दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।