शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

इन्द्र बानियाँ काँग्रेस बागमतीको संसदीय दलको नेतामा निर्वाचित

इन्द्र बानियाँ काँग्रेस बागमतीको संसदीय दलको नेतामा निर्वाचित

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • इन्द्र बानियाँ काँग्रेस बागमतीको संसदीय दलको नेतामा निर्वाचित

    इन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित भएका छन् ।

    बुधबार भएको निर्वाचनमा बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै संसदीय दलको नेता बनेका हुन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । 

    यसअघि २०७९ को पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट दुवै नेता लामा र बानियाँबीचको विवादले अहिले बागमतीको सरकारनै विवादमा परेको छ ।

    अर्कोतर्फ मुख्यमन्त्री लामाले संसदीय दल नेताबाट हटेपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । यसले बागमती प्रदेशको सरकार थप विवाद र अन्योलतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार