शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लुइस डियाजको बायर्न म्युनिखमा चार बर्षको सम्झौता

लुइस डियाजको बायर्न म्युनिखमा चार बर्षको सम्झौता

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • लुइस डियाजको बायर्न म्युनिखमा चार बर्षको सम्झौता

    कोलम्बियाका लेफ्ट विंगर लुइस डियाजले बायर्न म्युनिखसँग चार बर्षको सम्झौता गरेका छन् । डियाजले लिभरपुल छोडेर जर्मनी च्याम्पियन बायर्न म्युनिख गएका हुन् ।

    बायर्न म्युनिखले डियाजसँग २०२९ को जुन ३० सम्मका लागि सम्झौता गरेको जानकारी दिएको छ । बायर्न म्युनिखमा डियाजले १४ नम्बरको जर्सी लगाउने भएका छन् ।    

    बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको बताइएको छ । २८ बर्षिय डियाज २०२१ मा पोर्चुगिच क्लब पोर्टोबाट लिभरपुल आएका थिए । 

    उनले लिभरपुलमा १४८ खेल खेल्दै ४१ गोल गरेका छन् भने २३ गोल असिस्ट पनि गरेका छन् । लिभरपुलमा डियाजले २०२१-२२ सिजनमा च्याम्पियन्स लिग, गत सिजनमा प्रिमियर लिग, दुई इएफएल कप तथा एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार