शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा

रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी पत्र निर्वाचन आयोगलाई पठाएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको पत्रमा उल्लेख छ ।

    पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो । रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।

    रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने जनाइएको छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा छन् ।

    पार्टीभित्र विवादित बनेकी श्रेष्ठबारे आवश्यक निर्णय लिन नाउपाको राष्ट्रिय भेला बुधबारका लागि बोलाएको छ । श्रेष्ठलाई कारबाहीका लागि अनुशासन समितिले गरेको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार