Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

स्वस्थ जीवनशैली अपनाउनेहरुका लागि शिल्पा शेट्टीको प्रेरणा

बलिउड अभिनेत्री एवम फिटनेस आइकन शिल्पा शेट्टी हालै मुम्बई विमानस्थलमा देखिंदा रोमान्चक रुपमा प्रश्तुत भएकी छिन् । अनुशासित जीवनशैली र योगका कारण ५० वर्षीया उनी चम्किलो र ऊर्जावान देखिइन ।

Photo (4).jpg

फेसन र फिटनेसका कारण शिल्पा निकै यङ देखिएकी छिन् ।एयरपोर्टमा देखिएकी शिल्पाका प्रशंसकहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान खिच्यो र हालैका घुमफिर र सामाजिक सञ्जालका पोस्टहरूले लाखौंलाई प्रेरणा दिइरहेका छ ।

Photo (8).jpg

स्वस्थ जीवनशैली अपनाउनेहरुका लागि अभिनेत्री, उद्यमी र आमाको रूपमा आफ्नो भूमिकालाई शिल्पाले आफूलाई अब्बल सावित समेत गरेकी छिन् । शिल्पा शेट्टी हाल सिनेमा र व्यवसायका क्षेमा आफ्ना आगामी परियोजनाहरूको लागि तयारी गरिरहेकी छिन् ।