Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

हिमालयन बैंकको एफपीओ बाँडफाँड

हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न भएको छ । आज हिमालयन बैंकको कार्यालयमा एफपीओ बाँडफाँडको सम्पन्न भएको हो ।

बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो ।क्यापिटलका अनुसार यस एफपीओमा १८ लाख २५ हजार ९ सय २२ जना आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १ सय ६० कित्ताको लागि आवेदन परेको थियो ।

जसमध्ये १७ लाख ४ हजार २ सय ७३ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जसमा ९ लाख २५ हजार ४६ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

यी तीन माध्यमबाट हेर्न सकिन्छ नतिजाः

सीडीएस एण्ड क्लियरिङको वेबसाइटः https://iporesult.cdsc.com.np/