Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत

मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको छ ।

भूपरिवेष्ठिक विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा विदेश भ्रमणमा जान लागेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली १८ साउनमा गएर २३ साउनमा फर्कनेछ ।