Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रचण्ड र नेपालबीच आजपनि भेटवार्ता, के-के भयो छलफल?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्। 

यस अघि आइतबारपनि दुवै नेताहरुबीच भेटवार्ता भएको थियो । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसको तयारीको विषयमा छलफल भएको जानकारी दिएका छन् ।

साथै दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई व्यवस्थित गर्दै लैजाने विषयमा समेत छलफल भएको ज्वालाले जानकारी दिए ।