Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विशेष अदालतले माधव नेपाललाई दिएन वारेस राख्ने अनुमति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले वारेस राख्ने अनुमति दिन नमिल्ने आदेश दिएको छ ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा धरौटीमा बाहिर रहेका नेपालले मागेको वारेस सुविधामा विशेष अदालतले दिन नमिल्ने आदेश दिएको हो । 

सोमबार विशेष अदालतका सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपालमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेकाले वारेस राख्ने अनुमति दिन नमिल्ने आदेश दिएको छ ।

नेपालले राजनीतिक कार्यक्रममा देशका विभिन्न स्थानमा पुग्नु पर्ने कारण देखाउदै वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए ।