Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

स्वास्थ्य जनशक्तिलाई क्षमतावान बनाउन थप लगानी जरुरी छ: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझै पनि सुधार गर्न बाँकी रहेको बताएका छन् ।

Photo (3) (5).jpg

सोमबार वीर अस्पतालको १३६ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको स्वीकार गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको दायित्वबाट सरकार पन्छन नसक्ने बताए ।

Photo (9) (1).jpg

उनले भने,‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न बाँकी छ । पूर्णतातर्फ यसलाई लिएर जान आवश्यक छ । केही सुधार भएपनि पूर्ण रुपमा स्वास्थ्य क्षेत्रको सुधार हुन सकेको छैन् । यो कुरा हामीले स्वीकार गर्नुपर्छ । स्वास्थ्य यस्तो संवेदनशिल क्षेत्र हो जुन दायित्वबाट सरकार पन्छिन सक्दैन् ।’

Photo (4) (3).jpg

उनले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी रहेको धारणा राखे । जनशक्तिले दबाबमा काम गर्न नसक्ने बताउँदै उनले स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातावरण निर्माणमा आवश्यकता औल्याए ।

‘स्वास्थ्य क्षेत्रमा रहेको जनसमुदायलाई अझ क्षमतावान बनाउनको लागि राज्यले थप लगानी गर्न जरुरी छ । यसको समग्र सुधारको निम्ति हामीले नीतिगत कुराहरु अलि बढि सुधार गर्न आवश्यक छ । तर सबैले महशुस गर्नुपर्ने कुरा के हो भने बीर अस्पतालमा जुन दरबन्दीमा काम गरिरहेको छौं त्यो जनताको लागि हो ।

स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहज वातारण निर्माण हुन आवश्यक छ । यो जनशक्तिले दबाबमा काम गर्न सक्दैन्,’उनले भने योगदानमा आधारित बीमा प्रणालीको विकास गर्न सक्यो भने नेपालको स्वास्थ्य क्षेत्रहरु अहिले भन्दा प्रभावकारी ढंगले सेवा दिने स्थिति पुग्न सक्ने उनको भनाई छ ।